Categories: बाल कथा

सुरक्षा


सुनिता निरौला पौडेल
राधे राधे, भक्तपुर

“को हँ ?” म बिस्तारै  आवाज आएतिर गएँ , अनि ढोका खोलिदिएँ ।
“म हरि !” भन्दै ऊ भित्र पस्याे तर सार्है डराइरहेको थियो ।
औँसीको रात , त्यसमाथि बर्खेझरी । प्रकृति रमाइरहेको थियो । घरीघरी आकाशमा झल्याकझुलुक बत्ती बलिरहेको थियो ।
“बा ! कसैले “हरि आको छ ?” भनी सोध्यो भने छैन भनिदिनु है ” छोराले भन्यो ।
“ढक ढक !!” फेरि कसैले बोलाए ।
बा बाहिर आउनुभयो । “यो बर्खा झरीमा कस्लाई खोज्नुभएको हो कुन्नि ?”
“बा त्यो हरि यहाँनेर आएको छ ?”
“के भयो र बाबु ? म कहाँ कोही पनि आकाे छैन त !”
“हरि सुराकी रहेछ , उसले गर्दा हाम्रो दुई साथीहरू मारिए । त्यसलाई सफाइ गर्ने आदेश आएको छ “आक्रोश हुँदै उनीहरु त्यहाँबाट हिँडे ।
उनीहरुको कुरा सुनेर म साह्रै डराएँ । “छोरा सत्य कुरा  के हो?”
“मेरो साथीलाई पुलिसले इन्काउन्टर गर्यो रे ! म उसको साथी भएको कारणले मलाई नै दोषी  ठान्छन् ।  बाबा ,कहाँ पठाएर हुन्छ मलाई बचाउनुहोस् ?” बिस्मातले आँसु चुहायो उसले ।
“आफ्नो बाबाको काख र आँफु जन्मेको गाउँमा त सुरक्षित छैनौ भने अरू सुरक्षा कहाँ होला छोरा ?” भक्कानिँदै बाबाले भन्नुभयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

8 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

9 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago