सुनिता निरौला पौडेल
राधे राधे, भक्तपुर
“को हँ ?” म बिस्तारै आवाज आएतिर गएँ , अनि ढोका खोलिदिएँ ।
“म हरि !” भन्दै ऊ भित्र पस्याे तर सार्है डराइरहेको थियो ।
औँसीको रात , त्यसमाथि बर्खेझरी । प्रकृति रमाइरहेको थियो । घरीघरी आकाशमा झल्याकझुलुक बत्ती बलिरहेको थियो ।
“बा ! कसैले “हरि आको छ ?” भनी सोध्यो भने छैन भनिदिनु है ” छोराले भन्यो ।
“ढक ढक !!” फेरि कसैले बोलाए ।
बा बाहिर आउनुभयो । “यो बर्खा झरीमा कस्लाई खोज्नुभएको हो कुन्नि ?”
“बा त्यो हरि यहाँनेर आएको छ ?”
“के भयो र बाबु ? म कहाँ कोही पनि आकाे छैन त !”
“हरि सुराकी रहेछ , उसले गर्दा हाम्रो दुई साथीहरू मारिए । त्यसलाई सफाइ गर्ने आदेश आएको छ “आक्रोश हुँदै उनीहरु त्यहाँबाट हिँडे ।
उनीहरुको कुरा सुनेर म साह्रै डराएँ । “छोरा सत्य कुरा के हो?”
“मेरो साथीलाई पुलिसले इन्काउन्टर गर्यो रे ! म उसको साथी भएको कारणले मलाई नै दोषी ठान्छन् । बाबा ,कहाँ पठाएर हुन्छ मलाई बचाउनुहोस् ?” बिस्मातले आँसु चुहायो उसले ।
“आफ्नो बाबाको काख र आँफु जन्मेको गाउँमा त सुरक्षित छैनौ भने अरू सुरक्षा कहाँ होला छोरा ?” भक्कानिँदै बाबाले भन्नुभयो।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…