“तिजको रमाईलो”

रञ्जुश्री पराजुली

यो साल रमोलाको बिहे पछिको तिजको पहिलो बर्ष हो । माइती गरएर साथीसङ्गीहरुसँग रमाउँदै , मीठो पकाएर दर खाँदै ,नयाँ दुलहीको नयाँ गहना पहिरन लगाएर पशुपती जान नपाए पनि घर नजिकैको शिव मन्दिर जाने भनेर मन पुलकित भै रहेको थियो । कोरोना महामारीको कहर भए पनि घर भित्र नै बसेर रमाईलो गर्ने उनले सोचिरहेकी थिइन् । श्रीमानलाई पनि उनले आफ्नो शुखी सुनाएकी थिइन् । पत्नीको पहिले तीजको व्रत रमाईलो हुने भयो भनेर उनले पनि खुशी थपेका थिए ।तीज आउन पाँच दिन बाँकी थियो । उनले रातो सारीसँग मिलाएर गहना ,चुरा पोते , हरियो पोतेको तिलहरी सबै तयारा पारिसकेकी थिइन् ।आफ्नो मनको चुरीफुरी उनले आमालाई सुनाई सकेकी थिइन् । छोरी खुशी भएकोमा आमा पनि हर्षीत थिइन् । आफू शाकाहारी भएकोले उनले आमालाई खिर र खावा दही बनाउँन नबिर्सनु है भनेकी थिइन् । सासूआमा पहिलो बर्षको दर , लुगा , गहना सहित विभिन्न परिकार आउँछ भनेर निश्चिन्त थिइन् । बुहारीले लुगा गहाना तयार पारेको थहा पाएर पनि उनले यस विषयमा केही सोधिनन् । दरखाने दिन अगाडि नै उनको माईतिबाट सासुको लागि शृङ्गारका सामानदेखि लुगाले भरिएको सुटकेस सहित विभिन्न मिठाई ,फलफुल ,मसला , तरकारी अचारको परिकार आई पुग्यो । यस्तो आपतको बेला मेरी आमाले कति दुख गरेर यी सामान जोडेकी होलिन् भन्ने सोच्दै उनले सासुलाई दर सहित आफुलाई आमाले तिज पन्चमीको लागि लिन पठाएको जानकारी गराइन् । सबैभन्दा पहिले सासुले लुगागहनाको सुटकेस खोलेर एक एक हेरिन् । सबै पल्टाईपुल्टाई गर्दा पनि तीजको गहना हरियो पोते सहितको तिलहरी नभेटे पछि ” मैले त तिमीलाई भन्न नै बिर्सिएको , पहिलो तीज त हाम्रो आफ्नै घरमा मनाउनुपर्ने चलन छ । यसपालि महामारीको डर भएकोले तिमी घरैमा तीज मान्नु पर्छ है।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

8 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

9 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago