शान्ति सिग्देल
शालिनी:
तिम्रा साना हातले लेख्न थाल
ज्ञानी बन्दै भाव नौलो पगाल
विद्या सिक्ने यो सुनौलो छ बेला
छाडी सारा जिन्दगीका झमेला।
विद्याले नै खुल्छ नौलो बिहानी
तिम्रो बानी फूलझैँ बन्छ नानी
पढ्दै लेख्दै गाउँदै नाच्न आऊ
यो धर्तीमा ज्ञान गङ्गा बहाऊ।
साना नानी बुद्धको मार्ग रोज
ढाँट्ने छल्ने कर्म केही नरोज
बोकी आऊ चेतनाको दियालो
तिम्रो बस्ती बन्न थालोस् उज्यालो।
विद्या सिक्दा बन्छ मान्छे चलाख
विद्या बाँडे बढ्छ झन् लाख लाख
विद्या पाए बुद्धिको बग्छ धारा
बन्छौ नानी चन्द्र आदित्य तारा।
ठूलालाई मान सम्मान साथ
सानालाई प्रेमले काख राख
यस्तो गर्दा सिर्जनाको मुहान
साना नानी बढ्छ तिम्रो इमान।
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…
सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…