सत्या अधिकारी
सानेपा
” हे, हे नानीहरू ! ती कलिला मुना नभाँच न है , पाप लाग्छ । ” माली दाइ कराए ।केटीहरू खितीतीती हाँस्दै भागे । अलि पर पुगेर एउटीले भनी , ” कस्तो खटेको है , यो माली दाइ ! केही टिप्न त के छुन नि पाइदैन , यो बगैँचाबाट त !”
अर्कीले सही थापी , ” धेरै भयो , उनले माली काम गर्न थालेको , अब त बूढा भए । हिजोका शूरबीर उनी आज रोगको सिकार हुँदै छन् । ”
“हो नि , समय कहाँ एकनाश हुन्छ र ? हिजो शरीरको मतलब नगरी काम गरे । आज उनका अङ्गहरु शिथिल भए । कहिले आँखा दुख्थ्यो , कहिले हात ! कहिले टाउको त कहिले ढाड ! तर जिम्मेवारीबाट आज पनि थाकेका छैनन् ।” पहिलीले थपी ।
अर्कीले भनी , “यिनको त स्वभाव पनि अचम्मैको रैछ । प्रशंसा गरेको पनि नरूचाउने ,मात्र जिम्मेवारी मन पराउने रे ! “दिनभरि खटेका माली लखतरान परेर साँझ घर फर्किए । खुट्टा दुखेर ऐया , ऐया ! भएको थियो । उनले सोचे , ” बगैचाका फलफूलहरूको सुगन्ध नै मेरो पेन किलर हो कि ? कामको सुरमा त दुख्दैन । ”
उनी मोबाइल चलाउन थाले । खबरमा लेखिएको देखे , ” उत्कृष्ट बगैँचालाई लाखौँको पुरस्कार ! ” एकाएक उनको आँखा तिर्मिरायो । बगैँचा उनकै थियो तर पुरस्कार पाउनेको नाम उनको थिएन ।
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…
सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…