“बुबा मेरो भविष्य”


प्राप्ती रेग्मी
स्याङ्जा पुतलीबजार
कक्षा : ७

बुबा धेरै पसिना निकाली
मेरो भविष्य खोज्दै हिड्नुहुन्थ्यो,
सानो हँदा छोरी!पढ पढ भन्नुहुन्थ्यो,
आज आएर मात्र थाहा भयो।

मेरो भविष्यलाई सुन्दर बनाउन
खोज्नु भएको रहेछ।
बुबा हजुरले मलाई हुर्काई, पढाई, लेखाई
ठुलो बनाउनुभयो।

आज आएर मेरो भविष्य बनाउन भन्दै
पुलिस स्कुल ल्याउनुभयो।
बुबा हजुर त मेरो सहारा र सर्वस्व हो
आफ्नो आँखामा नबिझाउने नानी बनाई राख्नुभयो ।

बुबा हजुरलाई मैले कसरी धन्यवाद दिऊँ
मेरै भविष्यका लागे भनेर आफू टाढा रहेर
जीवनमा सङ्घर्ष सहेर
पुलिस स्कुल होस्टलमा राख्नुभयो ।

पढ्दै छु म आफ्नो भविष्य बनाउन
तपाईँका ती सपनाहरूलाई जीवनमा सजाउन,
मिहिनेत र सङ्घर्ष गर्दै सफल मानिस बन्ने छु
देशको गौरव बढाएर अब्बल छोरी बन्ने छु ।