घनश्याम रेग्मी
ज्यादै जाडो बढेको छ मौसमी चक्र हो यही
बृद्ध बच्चा सबैलाई जोगाऔँ ध्यान लौ दिई।
तातो खाना लुगा न्याना राम्रो होस् व्यबहारमा
हेर आनन्द मिल्नेछ जेष्ठ पुस्ता स्याहारमा।
जेष्ठ पुस्ता कथा हालून् पुराना दिनका मिठा
न्यानो सेकेर कोठामा तातोपानी सँगै चिया।
मिठो बोली सकिन्थ्यो के भित्रमा ममता भए
मठ मन्दिर दौडिन्छौ घरैमा राख ध्यान हे।
बाबा हुन् जगका मूल आमा धर्ती समान छिन्
बाबुको प्राप्त भो सत्ता आमा हुर्काइ पाल्दछिन्।
हामी बालक स्याहार सुसारो अति गर्दछौँ
भावी आशा सँगालेर भोलि खोज्न सधैँ बढ्यौँ ।
हाम्रालागि बुबा आमा देवता बुझ्नुपर्दछ
सृष्टिको मूल बिर्सेमा भूल ठूलो ठहर्दछ ।
हामी उन्नति होस् भन्छौँ आफ्नो कल्याण चाहने
बृद्ध पुस्ता यता बिर्सी समृद्धि खोज्न चाहने ?
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…