Categories: बाल कथा

मखमली माया

बालकृष्ण गजुरेल

अंग्रेजी बर्षगाँठको समय थियो । एउटा साथीले जबर्जस्ती क्लबमा लग्यो । म पहिलो पटक पुगेको थिएँ । यूवतीहरु जता धनको वर्षा उतै झुम्दा रहेछन् । बत्तीको उज्यालोमा पुतली झुमे झैँ । मदिरामा लठ्ठिएका लठ्ठुहरु बेढंगका नाच नाच्दा रहेछन् ।
क्रिया गर्दा डोपामाइन, अक्सिटोसिन, एन्ड्रोफेन्स र सेराटोनिन जस्ता खुशी हुने हर्मोन निस्कन्छ भन्ने थाहा थियो । खुशी हुन म धक फुकाएर नाचेँ ।
“कस्तो पाखे रहेछ । पहिलो पटक क्लब देखेको रहेछ । खाने, पिउने केही गरेन । ” जाडोमा तिघ्रा देखाउँदै एउटा युवतीले च्वास्स पारिन् ।
भोलि पल्ट एउटा साहित्यिक कार्यक्रममा गएँ । हल चिनिन । झुक्केर अर्कै हलका पुगेछु । भित्र मिस तथा मिष्टर नेपालको कार्यक्रम हुँदै रहेछ । केही प्रतिष्पर्धी क्लबमा देखेकै थिए । प्रायोजक क्लबमा खुवाउने र पिलाउने थिए । दर्शक अष्ट्रलिया तथा अमेरिका बसेर क्लब धाउने थिए । कार्यक्रम सभ्य थिएन । भब्य थियो । मैले हाइट मिलेको नेपाली बहिनीलाई नेपाली पहिरनमा बुफे डिनर भएको ठाउँमा उभिन आग्रह गरेँ । उनले त्यसै गरिन् । म पनि नेपाली पहिरनमा सजिएँ । सुन्दरताको विज्ञान बुझ्नु थियो । कार्यक्रम सकेर सबै बफे तिर लागे ।
सबै युवाका आँखा तिनै यूवतीतिर ठोक्किए । केही धनाड्य यूवतीका नजर मैतिर ठोक्किए । झोकिँदै मिस नेपाल तथा मिष्टर नेपाल जित्ने यूवती र यूवा बोले, ” रंग न ढंगको लुगा लगाएका यूवा र यूवतीलाई किन जजहरु बारबार हेर्छन् ? ”
एक बौध्दिक जजले मुसु मुसु हाँस्दै फड्काए, “के थाहा र ! यी नक्कल गर्ने बजारका नक्कली मान्छेलाई असली माया ? फेसन नक्कल मात्र हो । असली माया त मखमली हुन्छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

19 hours ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

19 hours ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

19 hours ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

2 days ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

2 days ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

3 days ago