Categories: कविता

“बेचेर माटो धन जोड्नु छैन”

देव भट्टराई

बेचेर माटो धन जोड्नु छैन ।
खोजेर नाठो मन जोड्नु छैन ।।
सन्तुष्ट आफ्नै घर देशभित्र ।
जस्तोसुकै दु:ख सहन्छु मित्र ।।

माया किनेको पछि बिक्न सक्छ ।
नाता चिनेको कति टिक्न सक्छ ??
मज्जा छ आमासँगको बसाइ ।
मीठो छ बेग्लै मृदु यो हँसाइ ।।

मैले नजित्दा जित देशको होस् ।
मैले नहार्दा हित देशको होस् ।।
हारूँ मलाई घिन लाज छैन ।
जित्दा बधाई अनि ताज छैन ।।

आँटो र पीठो अति लाग्छ मीठो ।
मिष्टान्न के काम विदेशको त्यो ??
हाँसो न स्थायी सुखचैन छैन ।
देखावटी लाग्छ यथार्थ हैन ।।

कर्तव्य ठानीकन भार मागूँ ।
दायित्व बोकी अधिकार मागूँ ।।
बेकार झूठा सपना नदेखूँ ।
बेग्लै सुनौलो इतिहाँस लेखूँ ।।

के गर्नु सम्भ्रान्त धनाढ्य भ्रष्ट ?
आत्माविनाको कटु धार अस्त्र ।।
सारा बनून् मानिस यी सशक्त ।
कोही कसैको नचुसेर रक्त ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

9 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

9 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago