घनश्याम रेग्मी
गुरुले ज्ञान दिएका
अज्ञान सारा लिएका
अभाव आफू पिएका
हामीमा लक्ष्य दिएका
संसार के हो बताए
ज्ञानको मार्ग जताए
उत्कृष्ट बाटो देखाए
असल भाग्य लेखाए
आमा हुन् हाम्री गुरुमा
दिएकी ज्ञान सुरुमा
बाबाले दिने सहारा
सिकाए थाम्न पहरा
क ख र ग घ सिकाए
मात्रा र शब्द मिलाए
दुई र तीन जोडेर
बन्दछ पाँच सिकाए
साथी र भाइ मिलेर
बाटोमा साथै हिँडेर
अभाव सारा छलेर
बत्ती बलेर
श्रद्धाको फूल गुरुमा
नमन गर्छु सुरुमा
यो शिर राखेँ पाउमा
जीवन तार नाउमा।
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…