Categories: कविता

“फूलबारीमा पुतली”

विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ

फूलबारीमा फुरफुर गर्ने,
कति राम्री पुतली
राता,नीला, हरिया, पहेँला
तीनका राम्रा पखेटा
नचाउँदै कति राम्रो,
गर्छिन् यताउता
कहिले यो फूल,
कहिले त्यो फूल
रमाउँदै डूल्छिन् ।


मिठो मिठो बास्नामा,
सधैंभरी भुल्छिन् ।
फूलको रस चाख्दै,
चाख्दै, सबैतिर पुग्छिन्
दुःख फिक्री केही लिन्न,
सधैं खुसी हुन्छिन् ।
मलाई पनि पुतली झैं,
डूल्ने रहर लाग्यो ।
रमाउँदै खेल्ने
कस्तो रहर जाग्यो ।
आउ साथी आऊ,
हामी पनि पुतली झैं,
खेल्दै, कुद्दै रमाऊँ
एउटाले अर्काको,
मिली हात समाऊँ ।
खुसी भई एकैसाथ,
सबले ताली बजाऊँ
हा…….हा…..हा………

सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

19 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

19 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

19 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago