“बैशाख”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

बैशाख आए नव लाग्छ साल।
आनन्दको मौसम हालचाल॥
नाच्छन् खुशीले सब जीवजन्तु।
हाँस्छन् बगैँचा वन वृक्ष-तन्तु॥

बाला युवामा शिशु प्रौढतामा।
हुन्छन् खुशी ती हर नव्यतामा॥
रम्छन् सबै ती शुभ-सभ्यतामा।
हाँस्छन् र खेल्छन् नव भव्यतामा॥

बूढो भने आयु झनै घटाई।
बेकारका ती रटना रटाई॥
वैचित्र्यमा चिन्तन यो खटाई।
बैशाखले वृद्ध गर्यो झटाइ॥

बैशाख पल्टाउँछ हेर पातो।
थर्काउँदै हर्दछ खूब सातो॥
बूढो पुरानोपन देख्न हुन्न।
झस्काउँदै दिन्न बहार बुन्न॥

जे जे हुने हो हुनुपर्छ हुन्छ।
निश्चिन्तनाले मनभित्र गुन्छ॥
संसार यो काल-अधीन चल्छ।
बेला बितेसी मन व्यर्थ खल्छ॥

बैशाख नौलाकन खूब प्यारो।
पाक्छन् युवाका मनभित्र पारो॥
जहाँ छ जस्तो रित चल्छ सारो।
बैशाख बूढाकन हुन्छ गाह्रो॥

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

16 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

16 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

16 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago