Categories: बाल कथा

आमाको माया

मातातिर्थ औसीको उपलक्ष्यमा


तुलसी पण्डित

भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल रगत घिन न मानी चाटी रहेको थियो। अझ चनमतिले त्यो फोहोर न खावोस् भनेर पाडो पर लगेर बाधिन । भैँसी आँइ गर्दै करायो । तन्कियो । यति गर्दा पनि सफल न भएर होला भैँसी घच्याक्क पारेर तन्कियो । उसको बलले गर्दा गोठको खामो भाच्चियो । त्यसपछि उसले पाडो नजिक गएर चाट्न थाल्यो।
उनले सम्झदै गइन। आफूले पनि त त्यै भैँसी जसरी छोरो पाएको। पाउँदा खेरीको प्रसुति बेथा भनी साध्य छैन। पीडाले होला चर्को आवाजले गाउँ घर उचालिएको थियो । सबै आत्तिएका थिए । यो प्रसुति बेथाले कता उसलाई लाने त होइन । धेरै समयको प्रयास पछि बल्ल बच्चा जन्मिएको थियो।
जन्मेको बच्चाको जिउमा सेतो जमेको फोहोर थियो । जो जति गर्दा पनि निख्रिदैनथ्यो । जति पीडा भए पनि त्यो फोहोर फाल्ने पर्ने अवस्था थियो । अरुले नुहाइ दिँदा भाडा लाग्छ भन्थे।
बच्चालाई खुवाउनु पर्ने। सरसफाइ गर्नु पर्ने। बच्चाले आफ्नो दूध न खाएर झन् समस्यामा परेको कुरा पनि उनले सम्झिन्। कतिपल्ट सुइ लगाइ देउ भन्दै अस्पताल गएको । यसै क्रममा उल्टै डाक्टरको हप्कीदप्की खाएको उनले याद गरिन्।
“आमा भएर पनि यस्तो कुरा गर्ने हो। आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ।”
फेरि बेलुका आफू डाक्टर छेउ गएर धर्धरी रोएको। “सर मलाई गाह्रो भयो । दूध सुकाउन सुइ लगाइ दिनुन ?”
डाक्टरले चर्को डाको गर्दै भने। “ल यो छोरो यही अस्पताललाई दिने भए म दूध सुकाउने सुइ लगाइ दिन्छु ।”
“के गर्ने पीडा भन्दा पनि छोराको मायाले उसलाई दिन सकिन बरू अझ धेरै दुख कष्ट सहेँ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

14 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

15 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

15 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago