Categories: बाल कथा

संस्कार


जानकी कर्माचार्य
हरिसिद्धि, ललितपुर

“सबै तयारी गरी सक्यौ ? ” दिनेशले श्रीमतीलाई सोध्यो।
आज आमाको मुख हेर्ने दिन (मातातिर्थ ओेँशी) भएकोले उनीहरूलाई चटारो परेको छ।
“गर्दै छुँ , सकिन लाग्यो ।” रिमा भान्छाबाट बोलिन।
“के गर्नु , पर्व पनि मनाउनु पर्ने । अनि कार्यालय पनि जानु पर्छ नि ।”
“हैन पर्वको बेलामा एक छिन ढिला गए हुँदैन ?”
“हुन्न नि, अहिले त देशमा नयाँ सरकार छ । अनि पेट्रोलको अभावले कार्यालय समय पनि नौ बजे भएको छ । फेरि समयमा पुगेन भने त कारबाईमा परिन्छ।”
दिनेश फेरि बोल्यो ” छोराछोरी खै त ? दश बाह्र वर्षका भई सके आफैँ तयार हुनु पर्यो नि। उनीहरूले तिम्रो मुख हेरेर पर्वको संस्कार सिक्नु पर्यो । तिमीलाई पनि तयार हुन समय लाग्छ । फेरि आश्रममा गएर आमाको मुख हेरेर तिमीलाई माइतीमा छोड्नु छ। ” छिटो गर म त तयार भई सकेँ।”
श्रीमानको लामो गन्थनले रिमा रन्थनिन्दै केटाकेटीको कोठामा पसिन् । तर अँध्यारो मुख लाउँदै हातमा एउटा कागज बोकेर आइन्।
दिनेश छक्क परेर कागज हेर्न थाल्यो, “बुबा मम्मी हामी त हजुरहरूले सिकाए जस्तै संस्कारी हुनकोलागि । हजुरआमा सँगै मम्मीको मुख हेर्ने र दिनभरि हजुरआमासँग आश्रममा नै बस्ने गरी हिँड्यौँ । हजुरहरू पनि उतै आउनु होला।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

17 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

17 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

18 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago