जानकी कर्माचार्य
हरिसिद्धि, ललितपुर
“सबै तयारी गरी सक्यौ ? ” दिनेशले श्रीमतीलाई सोध्यो।
आज आमाको मुख हेर्ने दिन (मातातिर्थ ओेँशी) भएकोले उनीहरूलाई चटारो परेको छ।
“गर्दै छुँ , सकिन लाग्यो ।” रिमा भान्छाबाट बोलिन।
“के गर्नु , पर्व पनि मनाउनु पर्ने । अनि कार्यालय पनि जानु पर्छ नि ।”
“हैन पर्वको बेलामा एक छिन ढिला गए हुँदैन ?”
“हुन्न नि, अहिले त देशमा नयाँ सरकार छ । अनि पेट्रोलको अभावले कार्यालय समय पनि नौ बजे भएको छ । फेरि समयमा पुगेन भने त कारबाईमा परिन्छ।”
दिनेश फेरि बोल्यो ” छोराछोरी खै त ? दश बाह्र वर्षका भई सके आफैँ तयार हुनु पर्यो नि। उनीहरूले तिम्रो मुख हेरेर पर्वको संस्कार सिक्नु पर्यो । तिमीलाई पनि तयार हुन समय लाग्छ । फेरि आश्रममा गएर आमाको मुख हेरेर तिमीलाई माइतीमा छोड्नु छ। ” छिटो गर म त तयार भई सकेँ।”
श्रीमानको लामो गन्थनले रिमा रन्थनिन्दै केटाकेटीको कोठामा पसिन् । तर अँध्यारो मुख लाउँदै हातमा एउटा कागज बोकेर आइन्।
दिनेश छक्क परेर कागज हेर्न थाल्यो, “बुबा मम्मी हामी त हजुरहरूले सिकाए जस्तै संस्कारी हुनकोलागि । हजुरआमा सँगै मम्मीको मुख हेर्ने र दिनभरि हजुरआमासँग आश्रममा नै बस्ने गरी हिँड्यौँ । हजुरहरू पनि उतै आउनु होला।”
खोलाघरे साहिलो देवीसमान आमा हुन् जन्मदायिनी हुन् माया दिई असाध्यै हुर्काउने उनी हुन् के त्याज्य…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ क-क-न-न भनेर मीठो बोल्न सिकाउँछिन् हात समाई बिस्तारै ताते-ताते गराउँछिन् मलाई…
नन्दलाल आचार्य "त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…