Categories: बाल कथा

“मृदुभाषा”

जमुना पंगेनी
स्याङ्जा वालिङ्

आज्ञाकारी प्रजा भएको प्रान्तमा घमण्डी राजाको शाशन थियो । दरबारिया सुखसयलमा राज गरेका उनी घाेडसवारका सौखिन हुनाले आफ्नो वाइपंखी घाेडा सबैभन्दा प्यारो मान्थे । विस्तारै घाेडा बुढाे र अशक्त हुन थालेपछि विकल्प खाेज्नुभन्दा अघि त्यसलाई कतै सुरक्षित राख्न चाहन्थे।


एकदिन राजाले आफ्ना प्रजालाई बाेलाएर आदेश दिदै भने :-यो मेरो प्राण भन्दा प्याराे घाेडा मरेको खबर सुन्ने हिम्मत मसंग छैन । यसलाई सबै मिलेर यति राम्रो पालनपोषण गर्नु कि यो कहिल्यै नमराेस् ।हरेक दिन यसकाे स्वास्थकाे जानकारी दरबारमा आओस् ,जसले घाेडा मरेकाे खबर ल्याउँछ त्यो मान्छेको मृत्यु त्यतिबेला नै मेरो हातबाट हुन्छ ।हरेक प्राणीको मृत्यु त निश्चित छ । राम्रो पालनपोषण गर्दागर्दै पनि एकदिन घाेडा मर्छ।अब काे जाने दरबारमा खबर लिएर राजाकाे हातबाट मर्न ।प्रजामा सन्सनी फैलिदै थियो यसैबिच एक बृद्ध बा अगाडि आएर भन्नु भाे म ९५ बर्षकाे यसैपनि मर्नेबेला भाे,लामो जिन्दगी भाेग गरिसकेँ , सकेछु भने बाँचेर आउँला नत्र राजाको हातबाट मरौँला भन्दै दरबारतर्फ लागे।
बृद्ध :- महाराज ! हजुरको घाेडाले न केही खान्छ , न केही पिउँछ । लगातार सुतिरहन्छ-सुतिरहन्छ ,हिजाेदेखि उठ्दै उठ्दैन के भयो होला महाराज !
राजा :- ए हो ? उसाे भए घाेडा मर्याे होला ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

17 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

17 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago