देव भट्टराई
भयो उज्यालो उठ शीघ्र साथी ।
झुल्केर आए रवि हेर माथि ।।
चराहरूले मृदु गीत गाए ।
नौलो बिहानीसँग प्रीत लाए ।।
उठौं सुनौलौ दिन हेर्नलाई ।
सपार्न सम्पूर्ण भविष्यलाई ।।
हाँसौँ समाईकन काम आफ्नो ।
लेखौं शिलामा शुभनाम आफ्नो ।।
बाँकी छ धेरै अझ गर्नलाई ।
संसाररूपी भव तर्नलाई ।।
यो सृष्टिको चाल बुझेर राम !
तेरो र मेरो नभनेर काम ।।
दृष्टान्त छन् सूर्य अगाडि हेर ।
भए न अल्छी कहिल्यै अबेर ।।
कर्तव्य ठानीकन कर्मलाई ।
तयार आफैँ खुद जल्नलाई ।।
बेग्लै छ मान्छे हुनुको महत्व ।
प्राणी जगत् को अति श्रेष्ठ तत्व ।।
सानो छ कीरो कमिलो तथापि ।
शालीन कस्तो ? गतिशील जाती ।।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…