“भँगेरी”


बिन्दु पौड्याल वस्ती
भरतपुर-२, चितवन

अति सारो अटेरी
भँगेरा र भँगेरी
खान्छ धान नटेरी
दायाँ बायाँ नहेरी

एउटा आँखो तॅ हेरी
अर्को आँखो म हेरी
साह्रै सानी चरी
चारो खोज्छे बिचरी

भुर्र उडी आयो
टप्प टप्प खायो
टन्न पेट भरायो
उडी भुर्र रमायो

सानो चरी भनेर
साह्रै माया गरेर
धान खाएको हेरेर
राम्रो हुन्न खेँदेर

त्यस्तो राम्रो हुने
कुरा कत्ति नबुझ्ने
खुट्टाले धान छिराल्ने
चुच्चोले बिस्कुन उधिन्ने

सानै हुन्छ भँगेरो
सानै त्यसको गोजेरो
भोक मेटाउन भनेर
चारो खोज्छे डुलेर

बचरो लिएर जान्न
आफू मात्रै खान्न
बच्चाहरूलाई खुवाउँछे
आफ्नो भूमिका निभाउँछे।