घनश्याम रेग्मी
सार्थक जीवन पार सबै
उत्तम यो पल जाग सबै
गर्दछ कर्म भने असली
मिल्दछ मान तथा पदवी ।१
मोहन श्यामल भेष लिई
कृष्ण झरे कर वेणु लिई
कंस निभाउन जन्म यहाँ
सुन्दर पाठ सिकाउनमा ।२
जेल र नेल सहेर पनि
जन्मन सक्दछ दिव्य गुणी
बन्द हवस् कि त फाटक त्यो
मातुल दुश्मन भो जसको।३
नाम चले जब कर्म गरे
बुझ्न छ यो सब आज हरे
माधव शङ्ख बजाउन त्यो<
पाप घडा अब फुट्न रह्यो ।४
नीति बुझी यदि मानवले
चल्दैछ ईश्वर बन्छ अरे
देव हुने पनि मानव नै
दैंत्य हुने पनि मानव नै ।५
साधक मानव आज बनौँ
सत्य अँगाल्न छ शीघ्र गरौँ
भोक तृषा सब रोग जिती
सार्थक पार्न छ उच्च गति ।६
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…