पुण्य घिमिरे
बैत्यश्वर-६, दाेलखा
घर पर खेत, खेतै छेउ कुवा,
जाेत्न काका आए, काँध हलाेजुवा।
अघि अघि गाेरू, पाेकाे खाजा पुवा,
गराभरि भूँईँ फूल, सिमलका भुवा।
जुवामा छन् साेइला, बेरिएका जाेतारा,
दायाँ बायाँ नारिए, तारेमाले बिचरा।
हल्लुँड छिर्याे हरिस, लमतन्न भएर,
ह ह भने काकाले, गाेरू छेउ गएर।
सार मिली हिंडेका, तारेमाले हलमा,
तानी जाेत्दै गए, दुई काँध बलमा।
तिखाे तिखाे फाली, करूवाले कसेकाे,
बाँझाे फाेर्नलाई, माटाभित्र पसेकाे।
राँटा बस्ला भनेर, अनाै हातले मर्काए,
पल्लाे छेउ पुगेर, हाेरा गाेरू फर्काए।
लट्ठी थियाे हातमा, उजाई ह ह कराए,
गाेरू पिट्लान् ठानी, म त खुबै डराएँ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…