के मोबाइल विना विद्यार्थी जीवन असम्भव र अकल्पनीय छ

नेपालमा केही वर्ष यता सञ्चारको तीव्र रूपमा विकास तथा विस्तार भएको पाइन्छ । करिब ५ वर्ष यता मोबाइलको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको अवस्था छ । अहिले हरेक बालबालिकाहरूदेखि लिएर किशोर किशोरी, युवा, वयस्क, वृद्धवृद्धाहरूले मोबाइल फोनको प्रयोग गरिरहेका हुन्छन् ।
साथसाथै विद्यार्थी, किसान, मजदुर श्रमिक, कर्मचारी, शिक्षक, बुद्दीजिवी, व्यापारी र सर्वसाधारण जनता सबैको हात हातमा मोबाइल फोन हुने गरेको पाइन्छ ।
मोबाइलमा अडियो तथा भिडियोदेखि लिएर चलचित्र, अलार्म, भ्वाईस रेकर्ड, इन्टरनेटको प्रयोग गरी संसारभरका नयाँ नयाँ घटना तथा गतिविधिहरू हेर्न तथा थाहा पाउन सकिन्छ । विश्वका नयाँ नयाँ गतिविधि र घटना अनि आफ्ना आफन्तजन, इष्टमित्र, साथीभाई, मान्यजन र गुरु वर्ग आदि सबैका क्रियाकलाप र गतिविधि बारे जानकारी पनि मोबाइल फोनबाट नै पाउन सकिन्छ ।
मोबाइल फोन एउटा यस्तो साधन हो, जुन साधनको सहि सदुपयोग गर्न जानियो भने जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । आफूभन्दा टाढा रहेका आफन्तजन, इष्टमित्र तथा साथीभाईहरूसँग कुराकानी गर्न, सम्झन र घण्टौँ लाग्ने काम मिनेटमै सम्पन्न गर्न, गराउन र विभिन्न कुराको जानकारी थाहा पाउन मोबाइल फोनको प्रयोग गरिन्छ । मोबाइल फोनको प्रयोग अडियो सुन्न वा भिडियो हेर्नका लागि होस् या फेसनकै लागि होस् प्रत्येक विद्यार्थी र अभिभावकसँग अहिले साथमा मोबाइल फोन हुने नै गर्दछ ।
मोबाइल फोन अहिले फेसन भईसकेको छ । सहि सदुपयोग गर्न जानियो भने यसले जिन्दगी बनाउन सहयोग पु¥याउदछ भने यसको गलत प्रयोगले जिन्दगी नै बर्वाद गर्दछ । मोबाइल फोनको गलत प्रयोग अर्थात् दुरुपयोग प्रायः गरि विद्यार्थीहरूबाट नै हुने गरेको पाइन्छ । मोबाइल फोनको गलत प्रयोग अधिकांश सहरी तथा विकसित ठाउँ, सदरमुकाम र इन्टरनेटको पहुँच भएको ठाउँमा रहेका विद्यार्थीहरूले गरेको कुरा बेलाबेलामा हामीले सुन्न सकिन्छ । मोबाइल फोनको कारण कति विद्यार्थीहरू अरूको नक्कल गर्दा कुलतमा लाग्ने, माया प्रेमको जालमा फसेर आफ्नो पढाइ र आमा बाबुको सपना र चाहानालाई भुलि दिने गर्दछन् । फेसन, स्टाइलको लहलहैमा लागेर अधिकांश विद्यार्थीहरूको ध्यान अहिले पढाईमा देखिदैन । उनीहरूले आफ्नो लक्ष्य र भविष्य के हो भन्ने कुरा समेत बिर्सिसकेको अवस्था छ ।

के मोबाइल फोन विना विद्यार्थी जीवन असम्भव र अकल्पनीय छ ?
विद्यार्थीहरू एक पटक यो कुरालाई अवश्य ध्यान दिउँ । के अहिले विद्यार्थी जीवनमा मोबाइल फोन, आईप्याड, गेम आफ्नो पढाई र भविष्यभन्दा पनि महत्वपूर्ण छ र ? आफ्नो र आमाबाबुको इच्छा, चाहना र आवश्यकता भन्दा पनि मोबाइल नै त्यस्तो महत्वपूर्ण चीज हो र ? मोबाइल फोनको अत्यधिक प्रयोगले तपाईको उज्ज्वल र सुन्दर भविष्यमाथि खेलबाड गरिरहेको छ भन्ने कुरामा बेलैमा हेक्का राख्ने कि नराख्ने ?
एक पटक अवश्य सचेत होऔँ मोबाइल फोनदेखि ! यसको सहि सदुपयोग गर्न सकेमा विद्यार्थीहरूले घरबाटै पनि आफ्ना कक्षाका साथीहरू तथा कक्षा शिक्षकसँग नजानेका र नबुझेका विषयवस्तुहरूको बारेमा छलफल, सल्लाह, सुझाव र परामर्श लिन सकिन्छ । त्यस्तै, इन्टरनेटबाट नयाँ नयाँ र खोजमूलक जानकारी, तथा ज्ञान लिन सकिन्छ । विश्वमा दिनदिनै नयाँ नयाँ आविष्कार, अनौठा र चाखलाग्दा विषय, आश्चर्यजनक अनि रोचक घटनाहरू घटिरहेका हुन्छन् ति सबैको ज्ञान र जानकारी मोबाइल फोनबाट नै सहज रूपले हासिल गर्न सकिन्छ ।
टाढा टाढाका मान्छेलाई फेसबुकमा साथी बनाई कुरा गर्नु, अनावश्यक चर्चा चलाउनु, सानै र पढ्ने उमेरमै माया प्रेमको जालमा फस्नु, कुलतमा लाग्नु र पढाई प्रति ध्यान नजानुको मुख्य कारण अहिले मोबाइल फोन नै भएको छ । अहिले भर्खरै भेटेको र सामाजिक सञ्जालमा फोटो हेरेकै भरमा किशोर किशोरीहरू एकले अर्कोलाई मन पराउँछन्, नाम तथा मोबाइल फोन नम्बर साटासाट गर्छन् अनि साँझ पढ्ने समयमा फोनमा अनावश्यक गफ गरेर पढाई बर्वाद गरिरहेका हुन्छन् ।

मोबाइल फोनको सही सदुपयोग गरौँ
वास्तवमा मोबाइल फोन तथा सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्विटर, जिमेल, गुगल, युट्युब, टिकटक आदिलाई विद्यार्थीहरूले फेसन, स्टायल र आवश्यकताका रूपमा लिनाले यसको गलत प्रयोग गरिरहेको देखिन्छ । तर, सहि समयमा सहि उपयोग गर्न सक्ने विद्यार्थीहरूका लागि भने मोबाइल एउटा वरदान साबित भएको छ । मोबाइल फोनमा समय बिताउने यस्ता विभिन्न सामाजिक सञ्जाल मात्रै नभई विद्यार्थीका लागि आवश्यक पर्ने विभिन्न उपयोगी कुराहरू पनि रहेको पाइन्छ ।
जस्तै, हिसाब किताब गर्नको लागि क्यालकुलेटर र समय रहेको हुन्छ, विभिन्न देशको नक्सा हेर्न र खोज तथा अनुसन्धान गर्न गुगलको प्रयोग गर्न सकिन्छ । विज्ञानका आविष्कारका बारेमा जानकारी लिन, आफूले पाठ्य वस्तुमा नबुझेका कुराहरू गुगलमा सर्च गरेर हेर्न र बुझन यसले विद्यार्थीहरूलाई निकै सहज बनाउँछ । यति उपयोगी साधन हुँदाहुँदै पनि विद्यार्थीहरूले विभिन्न गेम खेलेर, अनावश्यक कुराकानी गरेर, भिडियो हेरेर यसको दुरुपयोग गरी समय बिताईरहेका हुन्छन ।
खास गरी मोबाइल फोनमा झुन्डिरहने र यसको दुरुपयोग तथा गलत प्रयोग गर्नेमा विद्यार्थीहरू नै अगाडि देखिन्छ । यो विषय अहिले गम्भीर बनेको छ । यसको बेलैमा विद्यार्थी लगायत शिक्षक, अभिभावक तथा सम्बन्धित निकायले ध्यान पुर्याउन जरुरी देखिन्छ ।

श्रोतःhttps://khabareducation.com

सारथि बाल पत्रिका

Recent Posts

बास

कल्पना मरासिनी ललितपुर "साँच्चै हामीहरू त कति भाग्यमानी रहेछौँ  धन्न आजसम्म यति राम्रो बाँसघारी र…

20 hours ago

कल्कल बग्ने हिमाली नदी

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा कल्कल बग्ने हिमाली नदी सुन्दर महान मिलेर बस्छौँ…

21 hours ago

“जमाना एआइेको”

प्रेम वली ढकलपुरे दाङ, हाल काठमाडौं क्या जमाना आयो अब एआइेको गयो जमाना हामी तपाईंको।…

21 hours ago

चलन

रमेश सुबेदी ललितपुर१३,कुसुन्ती पन्डित जी जग्गेमा गर्नु पर्ने पुजा पश्चात घडी हेर्दै लगन बित्न लाग्यो…

3 days ago

टाई

देबी प्रसाद थापा'मामा' मणिपुर अफिसको कुर्सीमा बसेकी कर्मचारीले फाइल पल्टाउँदै भनिन्, "जम्मा एडमिशन फी पचास…

3 days ago

“कविता”

गनेश आत्रेय कविले कविता रचना नगरी। कविता कसरी बन्छ।। शव्द थुपारी हुन्न कहिल्यै। भाव मिले…

3 days ago