तुलसी पण्डित
आउँ आउँ रमाउँ
भाइटिका आज हो
रङको वर्षा गराउने
तिहार ठूलो पर्व हो
लाम्चो सेतो लगाइ
त्यसैमा थोप्ला टसाइ
नौ रङगी रङ्ले
सौन्दर्यता बढाइ
हामीले पनि लगायौ
सान निकै बढायौ
भाइ हातको टिकाले
गौरव बढ्यो रङले
उसलाई टोपी लगायौ
माला पनि पैर्यायौ
सक्दो राम्रो बनाउन
श्रृङ्गार हामीले बढायौ
फलफूल रोटी नै
सक्दो अरु मिष्ठान
नाङ्लो माथि सजाइ
भाइटिकाको सर्जाम
भयो हाम्रो सम्मान
उपहार पाएर
भेटघाट खुशी भो
आतिथ्यमा रमेर।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…