प्रा.डा. खेमराज खनाल
पिण्डेश्वर क्याम्पस,धरान-१४,सुनसरी
छोरो विदेश थियो। बुहारी सहरमा थिई। नाति बोर्डिङ पढ्दै थियो। आमा पहाडमा सब्जी खेती गर्थिन्। केही जमिन बाँझो थियो। एक्ली बुढीले कति गर्न सकून् पनि।
आमाले बिचौलियालाई बीस रुपैयाँ किलो तरकारी बेचिन् । बुहारीले त्यसैलाई सहरमा साठी रुपैयाँ केजी किनी। उसले गमलामा काँक्रो रोपेकी थिई। चिचिलो लागेछ। फेसबुकमा पोस्ट्याई, “मेरो मिहिनेतकाे फल लाग्दै छ।” अरूले प्रतिक्रिया लेखे, “हामलाई पनि चखाउनू है एक्लै नखानू।” पहाडमा आमा बाँझो जमिनमा के लाउने ? गमिरहेकी थिइन्। उनलाई पसिनाको उचित मूल्य नपाएकामा नि गुनासो थियोे।
केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…
कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा कल्कल बग्ने हिमाली नदी सुन्दर महान मिलेर बस्छौँ…
प्रेम वली ढकलपुरे दाङ, हाल काठमाडौं क्या जमाना आयो अब एआइेको गयो जमाना हामी तपाईंको।…