सुदर्शन अम्बटे
भाषा-भाषा भन्दै
ज्यानै दिन्थ्यौँ हामी,
अचेल हाम्रा नानीहरूलाई
इङ्लिस लाग्छ दामी।
नर्सरीको एस-मेस-ठेस’ले
भाषा बाँझो भयो,
आमा-बाबु, काका-काकी
भन्ने चलन गयो।
त्यसै कारण युवाहरूले
भूली सके भाषा,
भविष्यमा सिक्ला भन्ने
छदै छैन आशा।
संसारैको सबै भन्दा
धनी भाषा हाम्रो,
अनुकरण उखान टुक्का
हेर कति राम्रो।
हाँसी-हाँसी पोख्न सक्ने
मनको तितो बह,
यस्तो सहज मीठो भाषा
कहाँ पाईन्छ छ र …!
यति कुरा बुझ्ने हरले
मातृ भाषा पुज्छन,
कर्के नजरले राख्नेहरले
मूल्य कहाँ बुझ्छन् ?
भाषा प्रति निष्ठुरी
किन बन्दै जान्छौ.. !
हैन भने आफूलाई चैँ
गोर्खे किन ठान्छौ…??
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…
वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…
गणेश आत्रेय मदनपोखरा,पाल्पा देवकी वासुदेवैको जेलको जिन्दगी कस्तो । ती विहेका दिनैदेखि के गरी बित्दथ्यो…
सुमन कडरिया चितवन एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्। “के भयो नानी ?”…