Categories: कविता

“भाषा महिमा…!!”


सुदर्शन अम्बटे

भाषा-भाषा भन्दै
ज्यानै दिन्थ्यौँ हामी,
अचेल हाम्रा नानीहरूलाई
इङ्लिस लाग्छ दामी।

नर्सरीको एस-मेस-ठेस’ले
भाषा बाँझो भयो,
आमा-बाबु, काका-काकी
भन्ने चलन गयो।

त्यसै कारण युवाहरूले
भूली सके भाषा,
भविष्यमा सिक्ला भन्ने
छदै छैन आशा।

संसारैको सबै भन्दा
धनी भाषा हाम्रो,
अनुकरण उखान टुक्का
हेर कति राम्रो।

हाँसी-हाँसी पोख्न सक्ने
मनको तितो बह,
यस्तो सहज मीठो भाषा
कहाँ पाईन्छ छ र …!

यति कुरा बुझ्ने हरले
मातृ भाषा पुज्छन,
कर्के नजरले राख्नेहरले
मूल्य कहाँ बुझ्छन् ?

भाषा प्रति निष्ठुरी
किन बन्दै जान्छौ.. !
हैन भने आफूलाई चैँ
गोर्खे किन ठान्छौ…??

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

16 hours ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

16 hours ago

“ग्यास अभाव”

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…

2 days ago

“श्रीकृष्ण”

गणेश आत्रेय मदनपोखरा,पाल्पा देवकी वासुदेवैको जेलको जिन्दगी कस्तो । ती विहेका दिनैदेखि के गरी बित्दथ्यो…

2 days ago

उस्तै

दिनेश निरौला चिसंखुगढी१, ओखलढुंगा गाईजात्राकै दिन सत्र वर्षे नातिले हजुरबुबा चक्रप्रसादलाई सोध्यो, “हजुरबुबा, २००७ सालदेखि…

2 days ago

फूलको आगमन

सुमन कडरिया चितवन एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्। “के भयो नानी ?”…

3 days ago