सुमन कडरिया
चितवन
एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्।
“के भयो नानी ?” – उनले मायालु स्वरमा सोधिन्।
छोरी केही लजाउँदै आमाको नजिक आइन्। बिस्तारै भनिन्, “आमा ! आज शरीरमा केही फरक भयो… रगत पनि आयो।”
आमाले कुरा बुझिन्। छोरीलाई अँगालो हाल्दै मुस्कुराउँदै भनिन्- “डराउनु पर्दैन नानी। यो त तिम्रो शरीर हुर्किंदै गएको स्वाभाविक सङ्केत हो।यो तिमीभित्र जीवनको एउटा सुन्दर ऋतु सुरु भएको चिन्ह हो ,नव यौवनको प्रतीक हो ।”
छोरीले अलि डराउँदै सोधी- “आमा, अब म पहिले जस्तै रहन्नँ र ?”
आमाले उसको कपाल मुसार्दै भनिन् – “रहन्छ्यौ नि! बरु अब आफ्नै शरीरलाई अझ राम्ररी बुझ्ने, सम्मान गर्ने र माया गर्ने समय आएको छ नानु।”
त्यस दिन घरमा कुनै हल्ला भएन । बनेन कुनै लाजको वातावरण।
आमाले छोरीलाई सरसफाइ, स्वस्थ आहार, पर्याप्त आराम र शरीरको हेरचाहबारे सहज ढङ्गले सम्झाइन्, बुझाइन् ।
साँझ हजुरआमाले पनि कुरा थाहा पाइन्। उनी भित्र गइन् र आफ्नी नातिनीको हातमा उपहार स्वरुप एउटा सानो फूल राखिदिइन्।
नातिनीले अचम्म मान्दै सोधिन् – “हजुरआमा, यो फूल किन ?”
हजुरआमाले मुस्कुराउँदै भनिन् – “जसरी फूल फुल्दा बगैँचा सुन्दर देखिन्छ त्यसैगरी नारी जीवनलाई सफल पार्ने सुन्दर फूल हो – महिनावारी ।”
शोभा कोइराला गर्मी जाऊ अब त अति भो मेघमाला खुलाई खोलानाला जमिन हरिया ग्रीष्मले छ्न्…
रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…