“भाेलि हाम्रै हाे”


पुण्यप्रसाद घिमिरे
दाेलखा

नाना बाबा आमा चाचा,
बाेली हाम्रै हाे,
खेल्न मिल्ने नपड्कने,
गाेली हाम्रै हाे।

रमाइलाे बालापन,
रूप ईश्वरकाे,
माछा भन्दै पाहा टिप्ने,
खाेली हाम्रै हाे।

बिहे खेल्दै बाजा बज्ने,
डाेली हाम्रै हाे,
पात जाेड्दै भाँडाकुटी,
साेलि हाम्रै हाे ।

लाज न घिन मनलागी,
हाम्रा सिर्जना,
पिचकारीले रङ्ग्याउने,
हाेली हाम्रै हाे।

पुस्तक सिसा कपी बाेक्ने,
झाेली हाम्रै हाे,
तिम्रा स्वर नक्कलगर्ने,
लाेली हाम्रै हाे ।

सिक्दै जान्छाैँ धेरैकुरा,
खेली पढी परी,
याे देशलाई सिँगार्ने,
भाेलि हाम्रै हाे।