Categories: बाल कथा

भिखारी


शारदा काेइराला
भद्रपुर, झापा

आज शनिवार।छुट्टि काे दिन। रमेशलाई शिव मन्दिर जान मन लाग्याे। झण्डै आधा घण्टा बस चढेर मन्दिर पुग्याे। मन्दिर जाने सिढीमा दुबै पट्टि भिखारी बसेका छन। थरथरिका भिखारीहरु। समावेशिताकाे नमुना। रमेशले गाेजीबाट पाँच रुपैयाँ झिक्याे। सबै भन्दा असाहय, निर्बल, फाटेकाे लुगा लगाएकाे ,भिखारीकाे सिलभरकाे थालमा हालिदियाे।
“हेप्ने,हेप्ने, हामीलाई हेप्ने? हेपनेकाे पनि सिमा हुन्छ। याे पाँच रुपैयाँको एक कप चिया समेत आउँदैन। हाम्रो इज्जत छैन? हाम्रो सँघ,सँगठन,समूह छ। जसमा भीखकाे दररेट समेत पास भएकाे छ। भिखारीले आफू बसिरहेकाे
कार्ड बाेर्ड पल्टाएर, एउटा कार्ड बाेर्ड निकाल्याे। जसमा कम्प्युटर टाइप गरेकाे अक्षरमा, सेताे कागजमा ,भीखकाे दररेट लेखिएको छ।
पैदल आउने गाहक सँग पचास रुपैयाँ।
माेटरसाइकलमा आउने सँग सय रुपैयाँ।
कारमा आउने सँग डेढ सय रुपैयाँ।
भारतिय सँग दुई सय रुपैयाँ।
अन्य देशका गाहक सँग तीन सय रुपैया।.
…… …… …….
…… …….. ……
सही सही सही
रमेश छक्क पर्याे। ट्वाल्ल भिखारीलाई हेर्याे।
“के हेरेकाे? देशनै भीख मागेर चलिरहेकाे छ भने हामीलाई भीख माग्न के काे लाज ?”
भिखारीले आफ्नाे आसन मुनिबाट एउटा नयाँ एप्पल माेबाइल निकाल्याे।
“हेल्लाे कान्छा। त्यता गणेश मन्दिर तर्फ ग्राहक कतिकाे आउँदैछन हँ ?” “यता त हेर न(रमेश तर्फ हेर्दै ,)सबै ग्राहक कँगाल मात्र आउँदा रहेछन। पाँच रुपैयाँको नाेट फाल्छन खालि। म पनि त्यतै आउँदैछु है।”
उसले माेवायल बन्द गर्याे।
रमेश भिखारी तर्फ हेरिरहेछ।
के हेरेकाे ? याे माेबाइल छाेरीले विदेशबाट पठाएकाे हाे।” भिखारी बाेलिरहेछ।
“ल!पाँच रुपैयाँ । बाेहनी नै खराब गरिदियाे।”
भिखारीले नाेट रमेश तर्फ फाल्याे। यसपछि आफू बसेकाे कार्डबाेर्ड,सिलभरकाे थाली हातमा उठाएर,हिडन थाल्याे। रमेश भने आफुू महिना,महिनामा बाउसँग रुपैयाँ मागेकाे। बाउले रुपैयाँ पठाउन आनाकाना गरेको सँझदैछ। अनि आफ्नाे गाेजीमा भएकाे ,बाउले पठाएको रुपैयाँ बचाएर किनेकाे ,एक हजार रुपैयाँ पर्ने, नाेकियाकाे माेबाइल हरायाे कि भन्दै छाम्दै,भिखारी गएको तर्फ हेरेकाे हेरै भयाे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

गणित

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर आजबाट एसइइ परीक्षा सकियो हाम्रो फूर्तिनै बेग्लै । हामी गफिँदै घर…

18 hours ago

“मेरो सिकाई”

केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…

18 hours ago

बास

कल्पना मरासिनी ललितपुर "साँच्चै हामीहरू त कति भाग्यमानी रहेछौँ  धन्न आजसम्म यति राम्रो बाँसघारी र…

2 days ago

कल्कल बग्ने हिमाली नदी

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा कल्कल बग्ने हिमाली नदी सुन्दर महान मिलेर बस्छौँ…

2 days ago

“जमाना एआइेको”

प्रेम वली ढकलपुरे दाङ, हाल काठमाडौं क्या जमाना आयो अब एआइेको गयो जमाना हामी तपाईंको।…

2 days ago

चलन

रमेश सुबेदी ललितपुर१३,कुसुन्ती पन्डित जी जग्गेमा गर्नु पर्ने पुजा पश्चात घडी हेर्दै लगन बित्न लाग्यो…

4 days ago