Categories: बाल कथा

सुरक्षित ठाउँ


अन्जु चालिसे रूपान्जली
आरुबारी, काठमाडौ

“सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि ८ गते अविरल वर्षा हुने भएकाले सबै नागरिक सुरक्षित ठाउँमा जानुहोला !”
टोलभरि सैनिकको माइकिङ गुञ्जियो।
आँगनमा कपडा सुकाउँदै गरेकी मायाले ध्यान दिएर सुनिन्।
“आमा, सुरक्षित ठाउँ भनेको कहाँ हो?” छोराले सोध्यो।
मायाले चर्किएको भित्ता, चुहिने छानो र छेउमै उर्लिन थालेको खोल्सोतिर हेर्दै भनिन्, “थाहा छैन बाबु। आफ्नो भएको जायजेथा भनेको यही त हो।”
माइक बोकेको सैनिक सूचना दिँदै आँगनअगाडि आइपुग्यो।
बुबाले सोधे, “बाबु, सुरक्षित ठाउँ कहाँ छ ? थाहा पाए त्यतै जानुहुन्थ्यो।”
सैनिकले कागज पल्टायो।
“सरकारले तोकेको ठाउँमा जानुस्, बाजे।”
“कहाँ हो त?”
सैनिकको औँला कागजका अक्षरमाथि रोकियो। वर्षाको सूचना थियो, सावधानीका बुँदा थिए—ठेगाना कतै थिएन।
आकाश गर्जिएसँगै छानोबाट पहिलो थोपा खस्यो।
“बुबा, अब कहाँ जाने हामी ?” छोराले सोध्यो।
बुबाले चुहिएको ठाउँमुनि भाँडो थापे।
बाहिरबाट माइक फेरि घन्कियो— “सबै नागरिक सुरक्षित ठाउँमा जानुहोला !”
माया अर्को भाँडो खोज्न थालिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

3 days ago