रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
तिमीसित गाउँवेसी गरेकाे
गाउँवेसी गरेकाे
भुल्थेँ किन मेलामा झरेकाे?
फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।
वनपाखा सँगै घाँस काटेकाे
सँगै घाँस काटेकाे
आउँछ याद रूमाल साटेकाे।
फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।
ऐंसेलु र काफल खाएर
काफल खाएर
सँगै डुल्थ्याै सालैजाे गाएर।
फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।
तिर्खाएकाे बाहाना पारेर
बाहाना पारेर
दिन्थ्याै दही ठेकाकाे सारेर।
फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।
जाडाे हुँदा हिउँद मासमा
हिउँद मासमा
आगाे तापी बस्दथ्याै साथमा।
फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।
दर्के पानी परेकाे बेलामा
परेकाे बेलामा
हात छाेपी तरेथ्याैं भेलमा।
फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।
जुनिभर हाँसाैला बाँचाैला
हाँसाैला बाँचाैंला
मर्नुपरे सँगसँगै मराैंला।
फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…