Categories: बाल कथा

“समय”

सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

“आज कर्म गर्यौ?”
“गरिन,भोलि गर्छु!”
भोलि पुनः उनी आए र सोधे –
“आज त गर्यौ होला नि?”
“अँह गरिन,पर्सि चाहिँ पक्का गर्छु!” भन्दै उनी फुर्तिसाथ हिडे।
“आज त पक्कै गरेको हुनुपर्छ !”भन्दै ऊ पर्सिपल्ट आयो।
“तिमीलाई के को खसखस ? म एकदिन गर्छु नि !”भन्दै उनी बाउँठिए।
त्यसदिनदेखि ऊ आएन। एकदिन उनी स्वयम् उनको घर गए र सोधे –
“आजकल त सोध्नु आउँनु हुन्न नि ?”
ऊ मौन थियो।
उनले पुनः भने –
“आजदेखि कर्म गर्न थाल्ने!”
“अब फाइदा छैन , नगर्नोस् ।”उनले सुझाए।
“तिमी फाइदा र नोक्सान जोख्ने को हौ? भन्दै उनी क्रोधित भए।
“म? म समय हुँ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago