बिष्णु उप्रेती
बिर्तामोड झापा

“ल सुन् ,मनुवा , तेराे हिसाबकिताब दुरुस्त रुजु गर्दा पाप र पुण्य बराबर देखियाे। तेसैले, तैंले आधा समय नर्कमा र आधा समय स्वर्गमा बिताउनु पर्ने भयाे। ल भन्, पहिला कता जान्छन् ?” धर्मराजले बहिखाता बन्द गर्दै , अगाडि उभिएको मानवलाई साेधे।
” हे माहाराज, हे प्रभु — जता -सररर वाईफाई चल्छ। जता ईन्टरनेटमा कुनै अबरोध हुँदैन , तेतै पठाई दिनुहाेस हजुर । यतिबेला धरतीमा भ्यालेन्टाईन डे,, अर्थात प्रणय दिवस चलिरहेकाे छ हजुर। तेसमा मलाई आपत्ति छैन ,खुसिनै हुने छु।”
” के अरे? के भन्छ याे ।” किन नेट ? आश्चर्यचकित हुँदै धर्मराजले मनुवालाई पुनः प्रश्न गरे ।
हे धर्मराज , याे माेवाईलकाे लत कस्ताे हुन्छ भन्ने कुरा, सधैंभरि दुनियाकाे पाप पुण्य मात्र खाेजिरहने, हजुरलाई के थाहा। एक चाेटी मर्त्यलाेकमा आफैँ गएर ,दुई बर्षकाे बच्चा देखि अस्सी बर्षकाे बृद्ध सम्मकाे निरिक्षण गरिबक्स्येास, अनि थाहा हुन्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

16 minutes ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

37 minutes ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

47 minutes ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

1 hour ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago