खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
शिक्षकले आफ्ना विद्यार्थीहरुलाई पढाउने क्रममा भने” जीवनमा अगाडि बढ्न त्यति सजिलो छैन । बाटोमा फेला पर्ने काँडाहरु हटाउँदै जानुपर्छ ।”
पछाडि बेञ्चमा रहेको विद्यार्थी सन्तोषले भन्यो ” हामी विद्यार्थीका आँखा चहकै हुन्छन् नि, त्यति साह्रै हुस्सु कहाँ छौँ र!”
शिक्षकले भने” केही यस्ता काँडा हुन्छन् ,जुन खुला आँखाले देख्न सकिंदैन । ती पनि हटाउनु पर्यो नि!”
उसले भन्यो ” त्यसलाई चिन्न सकिन्छ त सर!”
शिक्षकले जानकारी दिए,” अवश्य चिन्न सकिन्छ । म आज ती केही नदेखिने काँडाको नाम बताउँछु,भोलि आउँदा हटाउने प्रयास गर्नु है।”
सबैले हुन्छ भने। केही बेरपछि एकै स्वरमा सोधे ,” ती नाङ्गा आँखाले देख्न नसकिने काँडाहरु के के हुन सर?”
शिक्षकले अलि ठूलो स्वरमा भने” बढी निद्रा , आलस्यता र अनुशासन हिनता पनि जीवनलाई उज्यालो बाटोमा हिड्न अवरोध पुर्याउने काँडा हुन्,ख्याल गर्नु है ।”
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…