“मङ्सिर”


गणेश आत्रेय
मदनपोखरा, पाल्पा

रसिलो याम शरद् गयो पर।
शठ हेमन्त स-यो यतै वर॥
अँटिलो कार्तिक गो’ उतातिर।
कँसिलो मङ्सिर भो’ यतातिर॥

छ धरा धान झुली रमाइलो।
कृषिकर्मीकन भो’ घमाइलो॥
सब स्याहार्न जुटे गरागरा।
मजुरा मानिस ती दह्रादह्रा॥

धनधान्यादिकमा किसान छन्।
मनले शान्ति खुशी विमान छन्॥
छ भकारी सबका टनाटन।
रुपियाँ दाम कतै गनागन॥

महिना लग्न जुराउने छ यो।
तरुना वा तरुनी मिलानको॥
वरका वा परका जुराउँछन्।
सब वैवाहिकमा रमाउँछन्॥

अति गाह्रो ठिहिरो भयो सुरु।
महिना शीत र हुस्सुको गुरु॥
कुन यो मङ्सिर मासझैँ अरू।
दुख वा सौख्य भनौँ म के बरु?