होम सुवेदी
अङ्ग्रेजी विषयको परीक्षामा चोरी गर्न नपाएको विद्यार्थी निरीक्षकसँग धेरै पटक “समय कति बाँकी छ सर ?” भनेर सोधेर हैरान गरिरहेको थियो । निरीक्षक पनि दिग्दार भइसकेको थियो । त्यसै बेला त्यसले फेरि सोध्यो-
परीक्षार्थीः “अब समय कति बाँकी छ सर ?”
निरीक्षकः (रिसाएर) “एक हजार नौ सय साढे सात सेकेन्ड बाँकी छ ।”
परीक्षार्थीः “सर क्यालकुलेटर चाहियो । मगाइदिनु पर्यो ।”
निरीक्षकः “आजको परीक्षा गणितको हो र तिमीलाई क्यालकुलेटर चाहियो ?”
परीक्षार्थीः “हैन तपाईँले भनेअनुसार समय कति बाँकी रहेछ भन्ने बुझ्नु ता पर्यो नि सर, यसाे क्यालकुलेट गरेर ।
निरीक्षक:ट्वाँ…..
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…
सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…