नरिश्वर गौतम
चरीजस्तै उड्न मन छ
फूल जस्तै फूल्न
पुतलीझैँ डुल्न मन छ
आकाश जस्तै खुल्न ।।
मलाई मन लाग्छ…
मलाई मन लाग्छ ।।
घाम जस्तै उज्यालो
जूनजस्तै शीतल
प्राण दिने वायु जल
छहारी दिने पीपल ।।
हुन मन लाग्छ…
हुन मन लाग्छ ।।
सागर जस्तै शान्त
अनि हिमालजस्तै अटल
जनक बुद्ध जस्तै ज्ञानी
सीता जस्तै असल ।।
हुन मन लाग्छ…
हुन मन लाग्छ ।।
आकाशका तारा जून
छुन मन लाग्छ
पढीलेखी ठूलो मान्छे
हुन मन लाग्छ ।।
हुन मन लाग्छ…
हुन मन लाग्छ ।।
सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…