Categories: कविता

“हाम्रो फूलबारी”

घनश्याम रेग्मी

चम्पा जुही सुन्दर फक्रिएका
बास्ना मिठा मग्मग गम्किएका
यो फूलबारी सबले सजाई
राम्रो बनाऊँ प्रिय देशलाई ।१

पुर्खा थिए वीर पराक्रमी
ती रक्षा गरे देश गरेर युक्ति
छौँ आज हामी पथमा तयार
यो राष्ट्र हाँक्ने छ महान् विचार ।२

यो चिन्तना बन्नु हुँदैन कोरा
नेपालका वीर सुपुत्र छोरा
उत्साह बोकी सब चम्किएका
कर्तव्यका खातिर लम्किएका ।३

शिक्षा र दीक्षा युग चेत पाए
आदर्शको चित्र उतार्न पाए
बन्नेछ यो देश थुँगो समान
होस् हौसला उच्च विचार ध्यान ।४

यो फूलबारी गरियोस् उज्यालो
सच्चा सबै सेवक हौँ धरालो
हामी जुटौँ देशनिमित्त पुत्र
माला बनोस् देश उनेर सूत्र।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

5 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

5 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago