Categories: बाल कथा

“ए प्लस”

महेन्द्र मोक्तान
गैरीबास, कालेबुङ

” गन्गन गर्न छोड्छौ कि छोरा बिगार्छ्यौ?”
पतिले सम्झाउने लवजमा भने।
“मैले पनि नराम्रो भनेको त कहाँ हो र ? किताबी विद्याले मात्र कोही पार लाग्दैनन्। व्यावहारिकता पनि सिकाउनु पर्छ भन्न खोजेकी मात्र हो।”
पत्नीले नि सम्झौतामा ल्याउने प्रयास गरिन्।
“ब्यर्थको उल्झनमा किन अल्झाउनु उसलाई ? जसरी हुन्छ त्यसले ” ए प्लस” ल्याउनै पर्छ।” -उनको ढिपी निर्धक्क बोल्यो।
“मैले माने। अरूले तयार पारेको पुस्तक घोकेर सम्मानजनक स्थान ओगट्न सक्ला। तर घरेलू संस्कार पुस्तकमा पाइँदैन। तपाईँलाई थाहै छ, परोपकारको ज्ञान घरबाट नै शुरू हुन्छ।”
“भो! बेलिविस्तार नलगा अब। त्यसको उज्वल भविष्य सोंच् ।”-अहिले झनक्क रिसाए उनी।
विनम्र स्वरमा उनले भनिन्-“पछि आफू रक्तचापले चटपटाउन नसकी ‘पानीले न छोरा, म औषधी खान्छु’ भन्दा ” ए प्लस” छोराले आफैँ सारेर खानुस् न भन्यो भने के भन्नुहुन्छ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

7 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

8 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago