निरज काेइराला
छाेटुले स्ट्याटस लेख्याे, “म जसका लागि ज्यान बनाइरहेकाे थिएँ ऊ कसैकी बुढी बनेर गइ के गरूँ !!!” धेरैले, “कठै बरी बिचरा !!” भनेर निरासा बढाइरहेका थिए ।
उसकाे साथी किसुनजीने कमेन्टमा लेखे, ” पीर नलिनू मित्र, अर्की पनि पाइन्छ ।” छाेटुले जवाफ फर्कायाे, “प्रेम एकसँग हुन्छ हजारसँग हाेइन । प्रेम एक पटक हुन्छ पटक पटक हाेइन !”
किसुनजी नाजवाफ भए । साेचिरहेका थिए, “अब के गरूँ ?”
केही बेरमा लेख्न खाेजेका थिए छाेटुकाे गुरुजीले लेखेकाे कमेन्टमा नजर पर्याे । जुन कमेन्टकाे छाेटुले प्रेम संकेत गरेकाे प्रतिक्रिया दिएकाे थियाे ।
गुरुजी ने लेखेका थिए,
“प्रेम सबैलाई गर्नुपर्दछ एउटालाई हाेइन, प्रेम सधैँभरी गर्नुपर्दछ एक पटक हाेइन, सबैभन्दा धेरै प्रेम आफैंलाई गर्नुपर्दछ ।”
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…