Categories: कविता

“चर्को घामले”

 


रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ

टेरिएन छाता लैजा भन्दाखेरि आमाले
ऐले साह्रै पोल्यो मलाई चर्को घामले

कोही ढुङ्गा उचाल्छन्, कोही गिटी फुटाउँछन्
पसिनाको खेती गर्छन् श्रम जुटाउँछन्
कर्मी, कुल्ली,ज्यामी दाइको केही छैन शिरमा
छाता ओढ्न नपाए’नि छैनन् पीरमा

व्यस्त भा’छन् हली-बाउसे आफ्नै-आफ्नै कामले
यिनलाई किन नपोलेको चर्को घामले ?

मैलाई घामले पोल्ने अनि मैलाई थकाइ लाग्ने
मैले मात्र के लाजले छाता माग्ने
म’नि श्रम गर्छु आजै म’नि जाँगर पोख्दछु
खेत खन्छु, घाँस काट्छु, ढुङ्गा बोक्दछु

बजारबाट झिल्के छाता किन्दिए’नि मामाले
ओढ्दिनँ भो पोले पोलोस् चर्को घामले ।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

8 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

9 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

1 day ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

1 day ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

1 day ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago