Categories: कविता

“चर्को घामले”

 


रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ

टेरिएन छाता लैजा भन्दाखेरि आमाले
ऐले साह्रै पोल्यो मलाई चर्को घामले

कोही ढुङ्गा उचाल्छन्, कोही गिटी फुटाउँछन्
पसिनाको खेती गर्छन् श्रम जुटाउँछन्
कर्मी, कुल्ली,ज्यामी दाइको केही छैन शिरमा
छाता ओढ्न नपाए’नि छैनन् पीरमा

व्यस्त भा’छन् हली-बाउसे आफ्नै-आफ्नै कामले
यिनलाई किन नपोलेको चर्को घामले ?

मैलाई घामले पोल्ने अनि मैलाई थकाइ लाग्ने
मैले मात्र के लाजले छाता माग्ने
म’नि श्रम गर्छु आजै म’नि जाँगर पोख्दछु
खेत खन्छु, घाँस काट्छु, ढुङ्गा बोक्दछु

बजारबाट झिल्के छाता किन्दिए’नि मामाले
ओढ्दिनँ भो पोले पोलोस् चर्को घामले ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

1 hour ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

1 hour ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

2 hours ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

1 day ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

1 day ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 day ago