Categories: बाल कथा

महँगी


महेन्द्रकुमार खत्री
तुल्सीपुर

साथी भाइलाई जिस्क्याउदा त “लिच्ची चोरको सन्तान” भनेर व्यङ्ग्य गरिन्थ्यो। किनकि लिच्ची धेरै दिन नटिक्ने र मूल्यहीन थियो। अब बजारमा लिच्चीको भाउ चार सय रुपैयाँ प्रति किलो भैसकेको छ । लिच्चीको भाउ सुनेर फरक्क फर्के आज राति सपनामा बन्दिपुर पशु शाखा अधिकृत आत्मीय मित्र Madhu Neupane र पवित्रा नमूना माविका प्रअ Bishnu Neupane ले आफ्नै लिच्ची बारीमा बोलाएर अघाउन्जेल लिच्ची खुवाउनु भो अनि भन्नु भो “महेन्द्र सर यो एउटा रुखको सबै लिच्ची तपाईँलाई राखिदिएका छौँ टिपेर आवश्यकता अनुसार लैजानु होला।”
झल्यास बिउँझेको त न लिच्ची थियोे न म बन्दिपुर थिए।
सपनामा लिच्ची खाएको सम्झनाले मुख रसायो।
बुढीलाई भने “आज दिउँसो लिच्ची किनेर खाने है।”
मूल्य सुनिसकेपछि ओठ लेप्र्याइन र भनिन, “यति महँगो त नखाने ।”
यो बर्ष लिच्ची खाने कुरा अधुरै रहने भो। जेहोस सपनामा लिच्ची खान निमन्त्रणा दिने आत्मीय मित्रद्वयलाई धन्यवाद !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

14 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

14 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

15 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

15 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago