Categories: बाल कथा

मूल्य


देबी प्रसाद थापा’मामा’
मणिपुर

धेरै वर्षपछि दशैँमा छोरो घर आयो।
उसले आमालाई भन्यो,”अब यी पुराना डोका – नाङ्ला फालिदिनु होस् , आमा। यति ठूलो भवन बनाएँ। अब घर आधुनिक देखिनुपर्छ।”
उनी बोलिनन्। मनमनै सम्झिन् -‘यही डोकोमा घाँस बोकेँ। दाउरा बोकेँ। छोराछोरीहरूको भोक र भविष्य बोकेँ। श्रीमानका इज्जत र स्वास्थ्य बोकेँ। यही डोकोले यो विशाल घर धानेँ … तर समय कति निष्ठुरी !’
मध्याह्नमा उनी त्यो पुरानो डोको बोकेर भिरतिर चढिन्। छोरो पछिपछि लाग्यो।
डाँडाको टुप्पोमा पुगेपछि उनले डोको भुइँमा राखिन् र गाउँतिर हेर्दै भनिन्,”बाबु ! तँ लाई लाग्दो हो – डोकोले घाँस मात्र बोक्छ । होइन बाबु….यसले तिमीहरूका किताब बक्यो। प्रेम बक्यो। चाँडबाँड बोक्यो। दुःख बोक्यो। तिमीहरूको संस्कार र न्यानोपन पनि यसैले बोकेको थियो।”
उनी कुरा थप्न खोज्दैथिन् तर उसले बोल्न दिएन। पहिलोपटक उसलाई डोकोको मूल्य महसुस भयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

क्षमता

डा छायादत्त न्यौपाने बिहान ७ बजेतिरकाे समय। क्याम्पसमा पढाउँदै थिएँ। बाहिर बरन्डाकाे कलह सुनियाे ।…

3 hours ago

महँगी

महेन्द्रकुमार खत्री तुल्सीपुर साथी भाइलाई जिस्क्याउदा त "लिच्ची चोरको सन्तान" भनेर व्यङ्ग्य गरिन्थ्यो। किनकि लिच्ची…

4 hours ago

“उदास छन्”

कृष्णशरण उपाध्याय पौडेल चरी उदासी बचरा उदास छन् अनेक झुप्रा टहरा उदास छन्। उदास लाग्छन्…

1 day ago

सत्य

माहेश्वरी भट्ट कञ्चनपुर “मोबाइल खोस्ने अधिकार कसले दियो ?” “विद्यार्थीमाथि हिंसा गर्ने शिक्षिकालाई कारवाही गर…

1 day ago

रित्तो चौतारी

शालिकराम सत्याल गाउँको सिरानमा रहेको बूढो बरको रूखमुनि बसेर हरि दाइ एकटकले बाटोतिर हेरिरहेका थिए।…

1 day ago

“घामपानी”

पुण्यप्रसाद घिमिरे दाेलखा बादल छ एकापट्टी, घाम अर्कापट्टी, घामपानी इन्द्रधनु, रमाइलाे कत्ति। दररर दर्के झरी,…

3 days ago