Categories: बाल कथा

मूल्य


देबी प्रसाद थापा’मामा’
मणिपुर

धेरै वर्षपछि दशैँमा छोरो घर आयो।
उसले आमालाई भन्यो,”अब यी पुराना डोका – नाङ्ला फालिदिनु होस् , आमा। यति ठूलो भवन बनाएँ। अब घर आधुनिक देखिनुपर्छ।”
उनी बोलिनन्। मनमनै सम्झिन् -‘यही डोकोमा घाँस बोकेँ। दाउरा बोकेँ। छोराछोरीहरूको भोक र भविष्य बोकेँ। श्रीमानका इज्जत र स्वास्थ्य बोकेँ। यही डोकोले यो विशाल घर धानेँ … तर समय कति निष्ठुरी !’
मध्याह्नमा उनी त्यो पुरानो डोको बोकेर भिरतिर चढिन्। छोरो पछिपछि लाग्यो।
डाँडाको टुप्पोमा पुगेपछि उनले डोको भुइँमा राखिन् र गाउँतिर हेर्दै भनिन्,”बाबु ! तँ लाई लाग्दो हो – डोकोले घाँस मात्र बोक्छ । होइन बाबु….यसले तिमीहरूका किताब बक्यो। प्रेम बक्यो। चाँडबाँड बोक्यो। दुःख बोक्यो। तिमीहरूको संस्कार र न्यानोपन पनि यसैले बोकेको थियो।”
उनी कुरा थप्न खोज्दैथिन् तर उसले बोल्न दिएन। पहिलोपटक उसलाई डोकोको मूल्य महसुस भयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

17 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

17 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

17 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

18 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago