Categories: कविता

“उदास छन्”


कृष्णशरण उपाध्याय पौडेल

चरी उदासी बचरा उदास छन्
अनेक झुप्रा टहरा उदास छन्।

उदास लाग्छन् हर गाउँ गाउँ यी
युवा विना खेत गरा उदास छन्।

टिपे कसैले फलफूल सुन्दर
त्यसो हुँदा मूल जरा उदास छन्।

गए उडी , सन्तति जो थिए सँगै
बुबा मुमा आज बरा उदास छन्।

निकै पढिन्थे पहिले किताब ती
परन्तु ऐले कखरा उदास छन्।

न रोजगारी न छ काम दाम नै
तसर्थ श्रद्धेय धरा उदास छन्।

सारथि बाल पत्रिका

View Comments

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

13 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

13 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

13 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

14 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago