Categories: कविता

“महङ्गीको मार”

भागवती प्रसाद शर्मा

छन्द- शार्दूलविक्रीडित

किन्दा चामल भाउ दोब्बर भयो जीरा भयो चौबर।
त्यस्तै दाल र तेल छ दोब्बर यहाँ भन्छन् लुगा तेब्बर।
बाँच्ने हो कसरी बढेर महँगी घट्दैन केही पनि।
हामी गोबर हौँ कि मानिस भयौं छैन्नौँ विरोधी पनि।

ठूल्ठूला स्वर गर्दथे अघि यहीँ मास्ने सबै शोषक।
पूरा हुन्छ समानता अब यहीँ खोस्छौँ सबै त्यो हक।
आफैँ छन् सरकारमा तर कहाँ बढ्दै गयो ज्यादती।
छैनन् आज विरोधका स्वरहरू साह्रै भयो दुर्गति।।

आयो है जब चाडपर्व मुखमा बढ्छन् महङ्गी यहाँ।
माथिल्ला सरकारले छुट दिई खान्छन् कमाई जहाँ।
उद्योगी पनि भाउ बढाउन भनी पैसा बुझाई दिने।
मर्ने ता जनता गरीब निमुखा कस्ले कुरा सुन्दिने।।

रातारात सदैव तस्करहरू उस्तै यहाँ गर्दछन्।
सेक्छन् ढाड यिनै यिनै तवरले ज्यामी सधैं मर्दछन्।
हाम्रा यी दुःख दर्द को बुझिदिने नेता विधाता छ को।
हाम्रो होइन शासकीय थिति यो मर्ने कटेरो त हो ।।

लाएका सुकिला लुगा पनि तिनै छोरा बुहारी उही।
लाएका गहना न फेर्छ विधिले फेरिन्न फेर्ने त्यही।
दुब्ला ती उपियाँ तथा उडुसका झन् ज्यान मोटा हुने।
ल्याएको गणतन्त्र होइन यहाँ राजा नयाँ फेरिने।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

6 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

6 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago