Categories: कविता

“दसैँ आगमन”

घनश्याम रेग्मी

पाखा पर्वत छन् सफा झलमली मानौँ नुहाएसरि
आँखा टक्क अडिन्छ तान्छ मुटु यो लालित्यले बेसरी
क्या श्रृङ्गार गरिन् अहा प्रकृतिले छन् वैँसकी सुन्दरी
यो आभा र कला अहा! गजबकी हुन् स्वर्गकी यी परी।

सन्ध्या शुभ्र र शान्त छिन् गगनमा ताराहरू चम्किए
आयो भव्य शरद् विशारद फुले बास्ना अहा! गम्किए
आआफ्ना घरमा फिरूँ मन भयो मान्छेहरू फर्किए
बाटामा बटुवा हिँडे गति लिए गन्तव्यमा लम्किए।

फुल्छन् फूल अनेक रूप रङका बेली चमेली जुही
घुम्छन् फूल चुसेर ती भ्रमरले बिर्सेर वेला बही
आयो हार्दिक पर्व यो शुभ दसैँ आनन्दमा छन् जन
भेटी आपस बात छन् कति मिठा खोल्छन् सबैले मन।

आआफ्ना घरका सिँगार गरिने माटो कमेरो दली
बारीमा लटरम्म अन्न फलका हाँगा झुलेका फली
प्रात:काल सुनिन्छ नाद सुरिलो घन्टा बजेको यहाँ
माया मोह फिँजाउने शशिकला पूर्णेन्दु झुल्छन् जहाँ।

माताको छ उपासना घरघरै सन्ध्या प्रभा रात्रिमा
पूजा हुन्छ यहाँ अनेक रितले काली जगद्धात्रिमा
यो संसार चलाउने भुवनकी आमा कृपा दृष्टि होस्
यो मेरो शुभकामना छ सबमा ऐश्वर्यको वृष्टि होस्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

7 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

7 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago