Categories: कविता

“महिना बाह्र ऋतु छ”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

बाह्र महिना ऋतु छ वर्ष दिनमा पर्दछन्
ऋतु एक महिना दुई विराज गर्दछन् ।

चैत बैशाख वसन्त राजा ऋतु भैहाल्याे
कुहु कुहु काेइलीले गीत गाइहाल्याे ।

जेठ असार ग्रीष्म याे गर्मी धेरै भैहाल्छ
पहाड घुम्न गयाै भने शीतल भैहाल्छ ।

साउन् भदाै वर्षा ऋतु झरी धेरै पर्दछ
ख्याल गरी हिंड है खाेला बढ्दछ ।

असाेज कार्तिक शरद दसैं तिहार पर्दछ
मान्य जनकाे टीका आशीष थाप्नु पर्दछ ।

मंसिर पुस हेमन्त धान पाक्न थाल्दछ
सुस्त सुस्त जाडो याम डाक्न थाल्दछ ।

माघ फागुन शिशिर अति चिसाे हुनाले
न्यानाे चाची किनेर लाइन् मुनाले ।

बाह्र महिना ऋतु छ मैले गीत गाइहालें
राम्राे लागे साथी हाे ताली लाइहाले ।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

17 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

18 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago