Categories: कविता

“सपनामा तर्सिएँ”

सुनिता देवकोटा
अन्नपूर्ण -६ कास्की

सपनामा तर्सिएँ,उठ्दा लाग्यो डर
टेलिफोन गरिदिनु उता मामा घर
सानो मुनी लिएर खेल्न गएकी
भिरबाट लड्यो भनी निलै भएकी


राम्रोसँग हेर्नुपर्थ्यो खेलमै गयो ध्यान
बुरुक बुरुक उफ्रियो मुनी धन्नै गयो ज्यान
सपनामा तर्सिएँ,उठ्दा लाग्यो डर
टेलिफोन गरिदिनु उता मामा घर
राम्रो देखेँ, ट्वाल्ल पार्यो भगवानको रूपले
आमासँग पूजा गर्दा च्वास्सै पोल्यो धुपले
फूल सार्ने गमला ल्याकी थिएँ बोकेर
झ्याम्मै फुट्यो खसेर, हो कि त्यही सोचेर
सपनामा तर्सिएँ, उठ्दा लाग्यो डर
टेलिफोन गरिदिनु उता मामा घर।

सारथि बाल पत्रिका

Recent Posts

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

12 hours ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

13 hours ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

2 days ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

2 days ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

3 days ago