“मेरी हजुर आमा”

मणिराज भट्टराई
गठ्ठाघर,भक्तपुर

साँझ पर्छ जब
भेला हुन्छौँ सब
खाना मीठो खाई
आपसमा रमाई
कथा सुन्न मन्छ
कस्ले राम्रो भन्छ
मुखा मुख गर्दै
हजुर आमालाई
झट्ट अघि सार्दै
चुप चाप लागेर
एक चित्त भएर
सुन्न बस्छौँ सब
रमाईलो हुन्छ अब।

कथा बन्थ्यो कैले
आफ्नै जीवन कथा
आफ्नै दुःख व्यथा
घर धन्दा देखि
स्कूल जाँदा सम्म
संघर्षका दिन देखि
सफल हुँदा सम्म
सुख दुःख सम्झी
अँगालो हाल्ने गम्म।

कैले सुनाउँछिन्
बादल झरी कथा
कैले सुनाउँछिन्
स्वर्ग परी कथा
मेरी प्यारी प्यारी
हजुर आमा सरिको
सक्छ कस्ले सुनाउन
कथा थरी थरीको।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“असार महिना”

रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…

1 day ago

इमान्दार

तुलसी पण्डित हजुर मलाई एक रुपयाँ दिनु न। बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो…

1 day ago

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

2 days ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

2 days ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

3 days ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

3 days ago