
पुण्यप्रसाद घिमिरे
बैत्यश्वर -६, दाेलखा
पख माकुरी, जीउ च्याखुरी,
लामा पाखुरी, गर्छु उजुरी।
जाल बुनेर, बस्ने लुकेर,
छेउ बिचमा, खाना ढुकेर ।
टाेक्छाै डसेर, सुँढ धसेर,
पार्छाै सिकार, धागाे कसेर।
पख माकुरी, जीउ च्याखुरी,
लामा पाखुरी, गर्छु उजुरी।
कस्ले सिकायाे, अरू मार्नलाई,
जाल बुनेर, धागाे झार्नलाई ।
रूख रूखमा, जाल सार्नलाई,
कीट पतङ्ग , काल पार्नलाई।
पख माकुरी, जीउ च्याखुरी,
लामा पाखुरी, गर्छु उजुरी।





