गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
मीठामीठा परिकार खाउँला बसेर
पहारिलो घाममा तेल घसेर ।
घिउ चाकु मिसाई खान पाउँदा
झनै लाग्यो रमाइलो दिदी आउँदा।
पुसमा उसिनेर माघमा चाख्ने रे
तरुलको महिमा जानी राख्ने रे ।
मुरै र तिलका लड्डु थरीथरीका
कसोगरी खाने हो थालैभरिका ?
खिचडी र फुलौरा खाउँला रमाई
तातोतातो सेल पनि हातमा समाई ।
माघैको यो सङ्क्रान्तिले न्यानो ल्याउँछ रे
दिन बढ्दै जानाले काम भ्याउँछ रे ।
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…
रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…