Categories: बाल कथा

पाकेकाे बेलाैती

टीकाराम जाेशी
इमाडोल

“आहा! आमा आउनु भयाे !आमा आउनु भयाे!” भन्दै ऊ हजुर आमाकाे गुन्युसँग लुटपुटियाे।
हजुरआमाले उसलाई काखमा राखिन् र गालामा म्वाइँ खाइन्।
“ए! आमा आउनु भएछ। आमालाइ न सताउ बाबु । यता आउ ।” रमाले उसलाई सासुको काखबाट अलग्याइन् र गालामा रुमालले पुछि दिइन्।
“लेउ बाबु।”उनले झाेलाबाट बेलाैती झिकिन्।” के गर्नु नातिनतिनाहरु खालान् रमाउलान् भनि फलफूलका बाेटहरु राेप्याैँ ,हुर्कायाैँ अहिले खानेबेला हामी दुईजना मात्रै भयाैँ।”
“किन बाेक्नु पर्या हाेला ? यहाँ स्याउसम्म त खाँदैन यसले।”
“हेर त नाति कस्ताे भएकाेछ ? गाउँमा भए त गाइ भैँसी काे दुधले माेटाइ हाल्थ्यो। काठमाडौंकाे दूध त के काे हाे? के काे हाे ? तेहि पनि पानी मिसिएकाे ।”
“बुवा आउनु भएन?”बुहारीले आश्वस्त हुँदै परसम्म नजर लगाउँदै भनिन्।
“बुवा चारदिनदेखि अस्पतालमै हुनुहुन्छ।आज अलि सञ्चाे भएकाे हुनाले माैका छाेपेँ।”
“आएकाे थाहेै दिनु भएन।”
“बाबुलाई बिरामीकाे राेग सल्केला भन्ने डरले हाे नि बुहारी।”
“हजुरकाे छाेरा पनि घर हुनु हुन्न। हप्तादिनकाे तालिम पर्याे भनेर गएकाे आज चार दिन भाे ।”
पाकेकाे बेलाैतीकाे बास्नाले काेठा मगमगाउँदै थियो। अस्पतालमा पतिकाे सेवामा लागेकाे आफनाे छाेरालाई सम्झेर उनले बुहारीसँग बिदा लिइन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

1 day ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

1 day ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

1 day ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

1 day ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

2 days ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

2 days ago