टीकाराम जाेशी
इमाडोल
“आहा! आमा आउनु भयाे !आमा आउनु भयाे!” भन्दै ऊ हजुर आमाकाे गुन्युसँग लुटपुटियाे।
हजुरआमाले उसलाई काखमा राखिन् र गालामा म्वाइँ खाइन्।
“ए! आमा आउनु भएछ। आमालाइ न सताउ बाबु । यता आउ ।” रमाले उसलाई सासुको काखबाट अलग्याइन् र गालामा रुमालले पुछि दिइन्।
“लेउ बाबु।”उनले झाेलाबाट बेलाैती झिकिन्।” के गर्नु नातिनतिनाहरु खालान् रमाउलान् भनि फलफूलका बाेटहरु राेप्याैँ ,हुर्कायाैँ अहिले खानेबेला हामी दुईजना मात्रै भयाैँ।”
“किन बाेक्नु पर्या हाेला ? यहाँ स्याउसम्म त खाँदैन यसले।”
“हेर त नाति कस्ताे भएकाेछ ? गाउँमा भए त गाइ भैँसी काे दुधले माेटाइ हाल्थ्यो। काठमाडौंकाे दूध त के काे हाे? के काे हाे ? तेहि पनि पानी मिसिएकाे ।”
“बुवा आउनु भएन?”बुहारीले आश्वस्त हुँदै परसम्म नजर लगाउँदै भनिन्।
“बुवा चारदिनदेखि अस्पतालमै हुनुहुन्छ।आज अलि सञ्चाे भएकाे हुनाले माैका छाेपेँ।”
“आएकाे थाहेै दिनु भएन।”
“बाबुलाई बिरामीकाे राेग सल्केला भन्ने डरले हाे नि बुहारी।”
“हजुरकाे छाेरा पनि घर हुनु हुन्न। हप्तादिनकाे तालिम पर्याे भनेर गएकाे आज चार दिन भाे ।”
पाकेकाे बेलाैतीकाे बास्नाले काेठा मगमगाउँदै थियो। अस्पतालमा पतिकाे सेवामा लागेकाे आफनाे छाेरालाई सम्झेर उनले बुहारीसँग बिदा लिइन्।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…