हरि कोर्काली
हिरा फल्छ, मोती फल्छ
सुन–चाँदी फल्छ,
स्याहार पुगे माटोमा नै
भाग्यहाम्रो फल्छ ।
माटो सीता, माटो गीता
माटै माता–पतिा,
माटोबाटै जीवन चल्छ
माटै सबको धाता ।
माटो स्वर्ग, माटो धर्ती
छोडनुहुन्न माटो पर्ती
खनीखोस्री बालीलाउनु
मल–खादले राम्रो चर्ची ।
मलदिनु, जलदिनु
पसिनाको भल दिनु ,
खुसीहुँदै माटो भन्छ
भाग्य छानीछानी लिनु ।
हिरा फल्छ, मोती फल्छ
सुन–चाँदी फल्छ,
स्याहार पुगे माटोमा नै
भाग्य राम्रो फल्छ ।
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…