Categories: बाल कथा

“सानी”

राेशन पराजुली
बरगाछी,धरान

झँमक्क साँझ परिसकेकाे थियाे।
बाहिर आँगनमा स्यालहरुकाे हुइयाले सानीकाे साताे जाला जस्ताे भयाे।
मेलामा गएका बा आमाकाे घर फिर्ने कुनै छाँट थिएन्।
हुन त सन्तविर पनि एक्लाे सन्तान !
फेरि सुन्तलीसँग लगन कसेपछि जन्मेकी एक्लि छाेरी सानी!
ढाेका खाेल्ने त के कुरा यसाे झ्याल उघारेर बाहिर हेर्ने पनि आँट थिएन् उनलाई।
बत्तीको मधुराे प्रकाशमा घरभित्र ऊ एक्लै डराइरहेकी थिई।
विद्यालय छुटेर आएपछि अँगेनाका डिलमा सखारै आमाले राखिदिएको चाम्रे जसाे तसाे पानीले निल्न सम्म गार्हाे भएकाे थियाे।
कतिखेर बा आमा आएर ताताे माम खानु भन्दा भन्दै निदाएकाे पत्तै पाईनन्।
“ए सानी ढाेका खाेल”!
कता कता मधुराे आवाजले उसको निद खुल्याे र सुस्तरी आग्लाे खाेलिदिइ उसले।
पानीले निथ्रुक्क भिजेका बा आमा देख्दा ऊ अनायसै रुन थाली।
“किन ढिला गर्नु भा हजुरहरुले”?
“मलाई कम्ता डर लागेन्”
आँगननमा स्याल कराउँदाकाे साताे अझै गएकाे थिएन उसको।
“आमा भाेक लाग्याे”! अनायसै सुन्तलीका आँखा रसाए।
“आज धन्न बाँचेछौँ हामी दुई”!
साँझमा खाेलाकाे भेलले झण्डै बगेका।” मनाेभावमा बाेल्न थालिन्।
छाेरीलाई भन्न पनि सकेनन्। नत्र टुहुरी हुने थिई।
उनले सन्तवीर तिर आँखाकाे ईसारा गरिन्।
हत्त न पत्त चिसै लुगामा अँगेनामा आगाे बाल्न थालिन्।
सानी अगेनाका छेउमा बसेर रित्ता भाडाे हेरिरहेकी थिई। कति खेर माम पाक्छ र खाएर सुत्ने!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

15 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

16 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

16 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

16 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago